नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र जनवादी गणतन्त्र चीनको चाइना सुशासन प्रतिष्ठान बीच समझदारी पत्रमा हस्ताक्षर

आज मिति २०७४ कार्तिक २६ गते आइतबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (Nepal Administrative Staff College-NASC) र जनवादी गणतन्त्र चीनको चाइना सुशासन प्रतिष्ठान (China Academy of Governance-CAG) बीच समझदारी पत्र (Memorandum of Understanding) मा हस्ताक्षर भएको छ। हस्ताक्षर गर्ने क्रममा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानकातर्फबाट कार्यकारी निर्देशक श्री पुण्य प्रसाद न्यौपाने तथा CAG का तर्फबाट CAG का उपाध्यक्ष  महामहिम ली जीले एक समारोहबीच नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा हस्ताक्षर गर्नुभएको छ ।उक्त अवसरमा नेपालकलागि चिनिया राजदूत श्रीमती यू होंगकोसमेत उपस्थिति थियो।

औपचारिक कार्यक्रमको सुरुमा कार्यकारी निर्देशक श्री पुण्य प्रसाद न्यौपानेले चिनिया टोलीलाई स्वागत गर्नुभयो। समझदारी पत्रमा दुई पक्षहरुको सम्बन्धमा नेतृत्वसीप , प्रशिक्षण, बैज्ञानिक अनुसन्धान, नीतिगत  परामर्श, सार्बजनिक प्रशासन तथा सार्बजनिक नीतिका क्षेत्रमा आपसी  सहयोगलाई सबल बनाउने उद्देश्य  राखिएको छ | दुवै पक्षहरुबाट आ-आफ्नो विज्ञता एबम् साधन-श्रोतहरुको आदान-प्रदानबाट सरकारी अधिकृत कर्मचारीहरुको   क्षमता अभिवृद्धिमा फाइदा हुने बिश्वास गरिएको छ ।

सार्बजनिक प्रशासन र सार्बजनिक नीतिका  क्षेत्रमा ज्ञान  तथा बिषय-विज्ञहरुको आदान प्रदान गर्ने, दुवै प्रतिष्ठानका प्राध्यापनमा संलग्न कर्मचारीहरुको आदान प्रदान एबं प्राज्ञिक सहयोग कार्यक्रमको संचालन गर्ने, संयुक्त रुपमा प्राज्ञिक कार्यशाला गोष्ठी, अनुसन्धान, प्रशिक्षण तथा नीतिसंग सम्बन्धित मंचहरुको आयोजना गर्ने समझदारी पत्रमा उल्लेख गरिएको छ । संस्थागत क्षमता अभिवृद्धिकालागि बिशेषगरी  पूर्वाधार र मानब श्रोतका क्षेत्रमा  बिकास गर्ने लक्ष लिइएको छ । तीन वर्ष अवधि रहने यस समझदारी पत्रमा उल्लेखित कार्यहरु पालना गर्नकालागि दुवै पक्षहरुबाट प्रतिबद्धतासमेत प्रकट गरिएको छ ।

प्रतिष्ठानका कार्यकारी निर्देशक श्री पुण्य प्रसाद न्यौपानेले तीन वर्षअघि सेप्टेम्बर, २०१४ मा  प्रतिष्ठानका उच्चस्तरीय प्रतिनिधिले CAG को भ्रमण गरेको स्मरण गराउनु भएको थियो । नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धका बारेमा दुवैतर्फबाट स्मरण गराइएको थियो ।

सो समरोहमा उपाध्यक्ष  महामहिम ली जीले यस भ्रमणबाट आपसी सहकार्यकको मौका अभिवृद्धि भएको उल्लेख गर्नुभयो।

साथै चिनिया टोली को स्वगतमा हिजो होटल Yak and Yeti  मा रात्री भोजकोसमेत आयोजना गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *