बुधबार, पुस ४, २०७५ 19 December 2018

साहित्य सन्ध्यामा ‘युवा पलायन ः राष्ट्रिय समस्या र समाधान’ चर्चा

          |   प्रकाशित मितिः शनिबार, फाल्गुन ५, २०७४     ::: 403 पटक पढिएको   |  

रमेश पोखरेल, काठमाडौं 

चसाहित्य सन्ध्याको नियमित मासिक ३८१ औँ शृङ्खला फागुन ५ गते शनिबार अपराह्न १ बजे आर.आर क्याम्पस प्रदर्शनी मार्गमा “युवा पलायन ः राष्ट्रिय समस्या र समाधान” विषयमा परिचर्चा तथा विशेष कविगोष्ठी गरी सम्पन्न भयो । सन्ध्याका अध्यक्ष राम विनयकोे अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रमको सञ्चालन पूर्वार्धमा उपाध्यक्ष रमेश पोखरेलले र उत्तरार्धमा सदस्य जयन्ती स्पन्दनले गर्नुभएको थियो भने विशेष समारोहका अतिथिहरूमा डा.पुष्पराज कँडेल, माननीय सानु पहाडी, प्रा.डा.खेम दाहाल, वरिष्ठ गजलकार रामबहादुर पहाडी, साहित्यकार डम्बर पहाडी उपस्थित हुनुहुन्थ्यो ।

उक्त विशेष गोष्ठीमा डा.पुष्पराज कँडेलले ‘युवा पलायन ः राष्ट्रिय समस्या र समाधान’ विषयमा विशद चर्चा गर्नुहुँदै तीन दशकभन्दा लामो समयदेखि सामाजिक रूपान्तरण अभियान सञ्चालन गरिरहेको साहित्य सन्ध्याले अहिलेको अत्यन्तै जल्दोबल्दो र विकारल बन्दै गएको ‘युवा पलायन ः राष्ट्रिय समस्या र समाधान’ जस्तो गम्भीर विषयमा बहस चलाएको र त्यसका लागि आपूmलाई अवसर दिएकोमा धन्यवाद भन्नुभयो र नेपाल र भारतका बिचमा सम्पन्न भएको सुगौली सन्धि पछि गोरखा भर्ती खुलेको र नेपालका राणा शाहीलाई निश्चित रकम प्राप्त हुनेगरी नेपाली युवा लाहुरे हुनजाने परम्पराको थालनी भएसँगै युवा पलायनको थालनी भएको हो । २०४९ सालमा नेपाली काङ्ग्रेसको सरकारले उदारवादी अर्थनीति अवलम्बन गर्यो र हाम्रो देशको गरिबी, बेरोजगारीको चर्काे समस्या र माओवादी द्वन्द्व गरी तीनतिरबाट चपेटामा परेका युवाहरू विदेश पलायन हुने समस्या बढेको; देशैभरि असुरक्षाका कारण सहरीकरणको विकासले तीव्रता लिएको, काठमाडौँको जनघनत्व एक्कासि बृद्धि भएको समेतका कारणले युवा पलायनको समस्या पनि तीब्ररूपमा बढेको हो । सरकारले पनि उद्योगधन्दाको विकास गर्न नसकेको, भएका उद्योगधन्दामा पनि सुरक्षाको प्रत्याभूति दिननसकेको, रोजगारीका अन्य अवसर सिर्जना गर्ननसकेको हुँदा श्रमशील युवाहरू बरु पलायन भए उनीहरूले आर्जन गरेर पठाएको रेमिट्यान्सबाट देश चलाउने सोच राखेको स्पष्ट देखिएको छ । त्यसैगरी बोर्डिङ स्कुलमा तथा निजी कलेजमा अध्ययन गरेका विद्यार्थीले आफ्नो देशलाई भन्दा विदेश बुझ्ने गरेका र पलायनको मात्रा झनै बढेको पाइन्छ । यसरी हेर्दा यताबाट पठाउने ९एगक ाबअतयच० र उताबाट लिने ९एग िाबअतयच०ले काम गरेको देखिन्छ । त्यसैगरी अमेरिका, क्यानडा, अस्ट्रेलिया जस्ता मुलुकहरूले आप्रवासन भिसा दिने गरेका कारण पनि त्यहाँको सुखी जीवनको कल्पनामा युवा पलायन भएको पाइन्छ । अहिलेको अवस्थामा खाडी मुलुक, भारत र अन्य मुलुकमा रोजगारीको लागि गएका युवा ४५ लाख रहेका, अध्ययनको लागि वार्षिक ५१ हजार थप युवा पलायन हुने गरेका तथ्याङ्कलाई हेर्दा कुल जनसङ्ख्याको १५% र युवाको सङ्ख्याको मात्र आधारमा हेर्दा ३३% युवा बाहिरिएका र उनीहरूले वार्षिक ७ खर्ब रुपैयाँ रेमिट्यान्स पठाएर देशको कुल आयको ३०% हिस्सा ओगटेको देखिन्छ । हाम्रो देशको एक परिवारले वार्षिक सरदर ५ लाख रुपैयाँ रेमिट्यान्स पाइरहेको र यस्तो परिवार ५६% रहेको देखिन्छ । युवा पलायन भएका मध्ये खाडीमा ५७%, मलेसियामा २७%, अन्य विकसित मुलुकमा ८% र भारतमा ४% पलायन भएको पाइन्छ । हाम्रो देशको १९% घरपरिवार पूरै रेमिट्यान्समा आश्रित रहेको पाइन्छ । यही रेमिट्यान्सकै कारण पहिले हाम्रो देशमा ४२% गरिबी हरेकोमा अहिले कम भएर २४% मा झरेको देखिन्छ । विदेशबाट आएको रेमिट्यान्सबाट आपूm जाँदाको ऋण तिर्न २५%, उपभोगमा २४%, शिक्षामा १०% खर्च गर्दै गर्दै उत्पादनमूलक कार्यमा भने जम्मा १% मात्र खर्च हुने गरेको छ । हाम्रो देशमा क्रियाशील ७५३ ओटा मेनपावरबाट बाहिर जानेहरूमा १४% सुरक्षा गार्डमा जाने गरेका र बाहिर जानेमध्ये ४४%ले एसएलसीसम्मको मात्र शिक्षा आर्जन गरेर गएको पाइन्छ । बढी शिक्षार्जन गरेका र राम्रो सिप सिकेर बाहिर जानेहरूको कमाइ पनि बढी हुने गरेको देखिन्छ ।

यसरी युवा पलायन हुँदा पठाएको केही पैसाले अनियोजित र अव्यवस्थित सहरीकरण बढेको, उपभोग बढ्ने, विलासितामा खर्च बढी गर्ने तर उत्पादनमूलक कार्यमा खर्च नगर्ने प्रवृत्ति बढेको, भएका जग्गाजमिन बाँझै राख्ने तर यहाँ बस्नेहरूले काम नगर्ने प्रवृत्ति बढेको, आयात अत्यन्त बढेर गएको तर निर्यात आयातको तुलनामा १०% सम्म मात्र पनि नभएको, विलासिताका वस्तुको आयात बढेका कारण भन्सार राजश्व ज्यादै बढेर गएको, अनावश्यक खर्च गर्ने प्रवृत्ति बढेको, सरकारको पनि चालु खर्च बढेको, गाउँघर शून्य भएका र युवाविहीनताका कारण विकास निर्माण न्यून भएको, सामाजिक–सांस्कृतिक विचलन असाध्यै बढेको, यौनजन्य विकृति बढेका, काम नगर्ने प्रवृत्ति विकसित भएको, लाहुरे मानसिकता विकसित भएको, मानसिक र आत्हत्याका समस्यासमेत देखापरेका, देश चल्ने आधारै रेमिट्यान्स बनेको अर्थात् एउटा पिलरमा उभिएको घर जस्तो खतरनाक अवस्था सिर्जना भएको छ र कुनै पनि कारणले वैदेशिक रोजगारीमा समस्या उत्पन्न हुनेबित्तिकै मुलुक नै धराशयी हुने खतरनाक अवस्था उत्पन्न भएको जस्ता समस्या वा विकृति देखा परेका छन् । 

मुलुकले रोजगारी दिनै नसकेको अवस्थामा रोजगारीविहीन युवा देशभित्रै भए झन् विकराल समस्या उत्पन्न हुनसक्थ्यो, थप विकृति बढ्नसक्थे तर वैदेशिक रोजगारीले श्रमव्यवस्थामापन सहयोग गरेको छ, महिला सशक्तीकरणमा योगदान पुगेको छ, महिलाको निर्णयक्षमतामा विकास भएको छ, थोरै थोरै भए पनि सम्पत्ति जोडिएको छ, सामन्तको मात्र रहेको भूमिको स्वामित्व निम्न वर्गमा समेत किनेरै भए पनि सर्ने अवस्था सिर्जना भएको छ, शिक्षादीक्षामा खर्च भएका कारण शिक्षामा धेरैको पहुँच पुगेको छ, विदेशबाट सिप र प्रविधि सिकेर स्वदेशमा भित्र्याउने कामसमेत भएको पाइन्छ । यी सकारात्मक पक्ष पनि हुन् । समाधानका पक्षमा कुरा गर्दा मुलुकलाई जसरी भए पनि समृद्ध पार्नुपर्ने, राष्ट्रियताप्रतिको सचेतता बढाउनुपर्ने, सामाजिक विभेदको न्यूनीकरण गरिनुपर्ने, समानतायुक्त र न्यायपूर्ण समाजको स्थापनामा जोड दिनुपर्ने, शिक्षालाई व्यवस्थित पार्नुपर्ने, युवालाई रोजगारी सिर्जना गर्न सिप, शिक्षा र पैसाको जोहो गरिदिनुपर्ने वा त्यसका लागि राज्यले सहजीकरण गरिदिनुपर्ने, कृषिमा आधुनिकीकरण गरिनुपर्ने र उत्पादन बढाउने जस्ता काम गरिनु अत्यन्त आवश्यक छ र त्यसका लागि मूल सुधारको खाँचो राजनीतिमै रहेको छ किनभने घरमुली अनुशासित भए मात्र घर व्यवस्थित हुन्छ भन्ने अत्यन्त तथ्यपरक धारणा राख्नुभयो ।

गोष्ठीमा मुकुन्द न्यौपाने, भलादमी भोला, सानु पहाडी, डम्बर पहाडी, कात्यायन, डा.खेम दाहाल, ओमप्रसाद कोइराला, बैरागी जेठा, प्रमोद स्नेही, केशवजङ्गसिंह खड्का, सुनिल पुरी, नारायण भण्डारी ‘जनकपुरी’, डिल्लीराज अर्याल, मुक्तिनाथ शर्मा, रामबहादुर पहाडी, नवराज श्रेष्ठ, देबु लुइटेल, पदम सुनार, रामप्रसाद खतिवडा, जयन्ता पोखरेल, नारायण निरासी, दुर्गा पौडेल, रमेश गौतम ‘पाल्पाली’, गोपाल मैनाली र राम विनयले आआफ्ना अत्यन्त समसामयिक कविता, गीत, गजल, एलाक वाचन गर्नुभएको थियो ।

वाचित सिर्जनामाथि कवि प्रशान्त खरेलले चर्चा गर्नुहुँदै कवितासिर्जना कविको कर्म भएको हुँदा कवितामा जीवनचेतना र सौन्दर्यचेतना हुनुपर्दछ । हाम्रा कविताले समाजका निमुखाको आबाज बोल्नसक्नुपर्दछ र रूपान्तरणको वकालत गर्नुपर्दछ । लयमाधुर्य र अर्थगाम्भीर्य कविताका जीवन हुन् भन्ने शाश्वततालाई अवलम्वन गरिनुपर्दछ । गोष्ठीमा पच्चिस जना कविले वाचन गरेका प्रायः कविताले सबै खाले सामाजिक उत्पीडनको, पितृसत्ताको उत्पीडनको विरोध गर्दै रूपान्तरणका पक्षमा आबाज उठाएका छन् र रूपान्तरणको स्पष्ट आग्रह गरेका छन् । केही कवितामा विचारलाई प्रमुखता दिएर सौन्दर्यले छोप्नुपर्ने अवस्था पनि बाँँकी नै रहेको देखिन्छ र यो साधना तथा परिष्कारको कुरा पनि हो । विगत साढे तीन दशकदेखि अविश्रान्त सञ्चालित साहित्य सन्ध्याको आजको यो नियमित शृङ्खला गुणात्मक रहेको मलाई लागेको छ भन्ने धारणा व्यक्त गर्नुभयो ।

गोष्ठीका अध्यक्ष राम विनयले साहित्य सन्ध्यामा हरेक महिना एउटा न एउटा विषयमा गम्भीर बहस गर्ने र कविगोष्ठी गर्ने प्रचलन रहेको छ । आज भने हामीले ‘युवा पलायन ः राष्ट्रिय समस्या र समाधान’ विषयमा बहस गर्नुपर्दछ भन्ने ठान्यौँ र यसै विषयमा आफ्नो अध्ययन अनुसन्धान केन्द्रित गरिरहनुभएका डा.पुष्पराज कँडेललाई अनुरोध गर्यौँ । उहाँ आइदिनुभयो र विशद चर्चा पनि गरिदिनुभयो । अतिथिहरू आइदिनुभयो, यहाँहरू सबै आइदिनुभयो, सबै सबैलाई हार्दिक धन्यवाद अर्पण गर्दछु । वास्तवमा युवा पलायन अहिलेको डरलाग्दो समस्या हो र रेमिट्यान्सले देश चल्नु अर्काे डरलाग्दो पक्ष रहेछ । डा. कँडेलले अत्यन्त तथ्यपरक र बौद्धिक बहसको थालनी गरिदिनुभएको छ । राज्यको ध्यान यस दिशातर्फ जानु अत्यन्तै आवश्यक रहेको छ । हामी स्रष्टाको काम भनेकै खबरदारी गर्ने हो त्यसैले हामी स्रष्टाले अहिले देखिएको यो विकराल समस्याका प्रति पनि सिर्जनाका माध्यमबाट खबरदारी गरिरहनुपर्दछ भन्ने उद्देश्य साहित्य सन्ध्याको हो र यसै विषयमा लक्षित गरेर आजको यो गोष्ठी गरिएको हो । अब अर्काे सन्ध्यामा फेरि कुनै समसामयिक विषयमा बहस गरिने नै छ भन्नुभयो ।

Please follow and like us:


Do you like our contents? Please spread the word :)