मङ्लबार, अशोज ३०, २०७५ 16 October 2018

साहित्य सन्ध्यामा महाँभूकम्पको संविधानयात्रा कवितासङ्ग्रहको लोकार्पण तथा परिचर्चा एवम् शुभकामना विशेष कविगोष्ठी

          |   प्रकाशित मितिः शनिबार, बैशाख १, २०७५     ::: 630 पटक पढिएको   |  

रमेश पोखरेल, काठमाडौं

साहित्य सन्ध्याको नियमित मासिक ३८३ औँ शृङ्खला नववर्षको पहिलो दिन वैशाख १ गते शनिबार अपराह्न १ बजे नेपाल ल क्याम्पसको सभाकक्ष, प्रदर्शनी मार्गमा “महाँभूकम्पको संविधानयात्रा’ कवितासङ्ग्रहको लोकार्पण तथा परिचर्चा एवम् नववर्ष शुभकामना विशेष कविगाष्ठी”को आयोजना गरी सम्पन्न भयो । सन्ध्याका कोषाध्यक्ष गोपालकुमार मैनालीकोे अध्यक्षतामा सम्पन्न उक्त विशेष कार्यक्रमको सञ्चालन उपाध्यक्ष रमेश पोखरेलले गर्नुभएको थियो । उक्त विशेष समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेती हुनुहुन्थ्यो भने अतिथिहरूमा प्राज्ञ नर्मदेश्वरी सत्याल, नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख दिनमणि पराजुली, सोही क्याम्पसका विभागीय प्रमुख प्रा.डा.लक्ष्मी मैनाली, प्रखर समालोचाक डा.नेत्र एटम, कवितासङ्ग्रहका कवि प्रा.डा.भरतबहादुर कार्की, उहाँकी जीवनसङ्गीनी विमला कार्की, डा.षडानन्द पौड्याल, डा.विदुर चालिसे, नियात्राकार पोष चापागाईँ, अधिवक्ता सानुराज पोखरेल, वरिष्ठ कविहरू कणाद महर्षि र तारा गाउँले, उपप्रा. बालाकृष्ण अधिकारी उपस्थित हुनुहुन्थ्यो ।

उक्त विशेष गोष्ठीमा प्रमुख अतिथि कुलपति गङ्गाप्रसाद उप्रेतीले कानुन सङ्कायका पूर्व डिन, पूर्व महानायाधिवक्ता, सम्मानित सर्वाेच्च अदालतका पूर्व न्यायाधिस प्रा.डा.भरतबहादुर कार्कीद्वारा लिखित कवितासङ्ग्रह ‘महाँभूकम्पको संविधानयात्रा’को लोकार्पण गर्नुभयो । लोकार्पित कवितासङ्का बारेमा चर्चा गर्दै समालोचक डा.नेत्र एटमले कानुनका विज्ञ, लामो समयदेखि परिचित व्यक्तित्व डा.कार्की राम्रो कवि पनि हुनुहुँदोरहेछ भन्ने कुरा चाहिँ कवितासङ्ग्रह दिएर चर्चा गरिदिन भन्नुभएपछि मात्र थाहा भएको, २०७२ सालमा नेपालमा गएको महाँभूकम्पले बाँच्न बाध्य पारेको सन्त्रस्त जीवन अनि त्यो त्रासदीका बिचबाट पनि संविधान निर्माणको सिर्जनात्मक यात्रा तय गरिएको सन्दर्भका माध्यमबाट भूकम्पले पृथ्वीको उथलपुथल गराउँछ तर आन्दोलनपछि विचारको उथलपुथलका माध्यमबाट मन उम्लिएर स्रष्टाले सिर्जना गरे झैँ संविधानको निर्माण हुनु भनेको विध्वंश व्यहोरेपछिको सकारात्मक निर्माण हो भन्ने पक्षलाई र त्यो सुन्दर निर्माणलाई पचाउन नसकेर नकाबन्दी लादेको सन्दर्भलाई कवितामा उजागर गरिएको छ । यसरी हेर्दा २०७२ साल संयोगको वर्ष पनि बन्नपुगेको देखाइएको छ । कानुनमा तर्कको भूमिका अहम् हुन्छ भने साहित्यमा भावनाको भूमिका अहम् हुन्छ । साहित्यसिर्जना भावना र कल्पनाको कुरा हुने हुँदा ती सबै पक्षका माध्यमबाट विम्ब सिर्जना गरी आफ्ना कुरा अभिव्यक्त गरिने माध्यम साहित्य हो । भूकम्पले मान्छेके जीवन पालमा पुगेको कारुणिक सन्दर्भ र संविधान निर्माणको सुखद पक्षलाई कवितामा समेटिएको छ । पछिल्ला चरणका कविता आक्रोश र पीडाका रहेका छन् भने पहिलेका कविता बढी कलात्मक र सुन्दर छन् । आपूm हराएको होइन, पलायन भएको पनि होइन, बरु सिर्जनाको पाटो पनि आपूmमा अन्तर्निहित थियो भन्ने कुरालाई सङ्ग्रहित कविताले पुष्टि गर्ने काम गरेका छन् । सुन्दर विम्बको प्रयोगका माध्यमबाट मुलुकुको लोकतान्त्रिक आन्दोलन सफल भएर संविधान निर्माण भई निर्वाचनसमेत सम्पन्न भइसकेको अवस्थामा मुलुकुको र दुःखी दरिद्रीको समृद्धि हुननसके कोहीकसैलाई दोष दिने ठाउँ छैन भन्ने धारणासहित जीवनको अस्तिव्त रहन्छ कि रहँदैन ? मुलुक समृद्ध बन्छ कि बन्दैन भन्ने प्रश्नसहित कविताले समृद्धको अपेक्षा गरेका छन्, समताको आग्रह गरेका छन् भन्ने धारणा राख्नुभयो ।

कविकी जीवनसङ्नी विमला कार्कीले सिर्जना कविको कर्म हो, कविका सिर्जना बाहिर ल्याइदिनका लागि साहित्य सन्ध्याले सहयोग गरेको छ र यही संस्थाको चार दशक अगाडिको सङ्गतले र त्यो सङ्गतलाई सम्मान गरेको प्रेरणाले सर्जक बनाएको छ, कविको कविता प्रकाशनमा अशक्त अवस्थामा भए पनि, रोगसँग लडिरहेको अवस्थामा नै भए पनि सहयोग गर्न पाएको धारणा राख्नुभयो र कविका अरू कृति पनि प्रकाशित हुनसकुन् र ती कृतिको प्रकाशिका बन्ने अवसर पनि प्राप्त होओस्, रोगसँग लड्ने इच्छाशक्ति जागृत होओस् भन्नुभयो ।

नियात्राकार पोष चापागाईँले साहित्य सन्ध्यामा हरेक महिनाको गोष्ठीमा एक एकओटा नियात्रालाई पुरस्कृत गर्ने र युवापुस्तामा नियात्रालेखनको प्रेरणा प्रदान गर्ने प्रयोजनका लागि अक्षय कोष स्थापना गरी मासिकरूपमा एक एक जना स्रष्टालाई सम्मान गर्ने उद्देश्यअनुसार आजको समारोहमा देवकी के.सी.लाई रु.१,०००।–(एक हजार) पुरस्कार अर्पण गर्नुभयो ।
लोकार्पित कवितासङ्ग्रहका कवि डा.भरत कार्कीले आफ्नो कवितायात्राको पृष्ठभूमि, कवितासङ्ग्रह प्रकाशनको प्रेरणासमेतको चर्चा गर्दै सङ्ग्रहभित्रका आधा दर्जन कविता वाचन गर्नुभयो भने कवि प्रशान्त खरेलले सङ्ग्रहबाट दुइटा कविता वाचन गर्नुभयो ।

प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले लोकार्पित कवितासङ्ग्रहका कवि तथा उपस्थित सम्पूर्णलाई नववर्षको हार्दिक शुभकामना व्यक्त गर्दै कानुनको क्षेत्रमा ज्यादै महत्त्वपूर्ण योगदान गर्नुभएका व्यक्तिको अन्तस्करणमा दबिएर रहेको कविव्यक्त्त्वि यो कवितासङ्ग्रहका माध्यमबाट सार्वजनिक भएको छ र यस्तो महत्त्वपूर्ण अवसर आपूmलाई प्राप्त भएकोमा धन्यवाद व्यक्त गर्दछु । स्रष्टाले सिर्जना गरेको सामग्री पाठकसामु नपुग्दासम्म त्यसले पूर्णता प्राप्त गर्दैन । यस अर्थमा आजको यो समारोह प्रकाशक, आयोजक र स्रष्टाको त्रिवेणी बन्नपुगेको छ । स्रष्टाको विषयविज्ञताको क्षेत्र कानुन भएकाले स्रष्टा अपरिचित जस्ता लागेका भए पनि स्रष्टाको अन्तरमनको संवेदनशीलतालाई २०७२ को भूकम्पले, त्यसपछि निर्माण भएको संविधानले उजागर गरिदियो र कृतिका रूपमा बाहिर आयो ।
२०३० सालमा राजबन्दी भएर आपूm केन्द्रीय कारागारमा थुनामा रहेका वेला कवि कार्की मेरो एम.ए.को परीक्षा लिन कारागारमा आउँदा परिचय भएको हो । २०३२ सालमा जेलबाट छुटेर राजविराजमा पढाउँन जाँदा उहाँ पनि राजनीतिशास्त्रको शिक्षक भएर त्यहीँ आउनुभयो र फेरि भेट भयो । त्यहीँ ल कलेज खुल्यो, त्यसैमा हामी पढाउन थाल्यौँ । केशवप्रसाद उपाध्यायसहित नेपाली भाषा बोल्ने हामी तीन जना भयौँ । न्यायाधिस चूडामणि अधिकारी, कृषि विकास बैङ्कका अरिरुद्ध तिम्सिना, पत्रकार शिशिर देवकोटा मिलेर नेपाली भाषा र साहित्यको उत्थान गर्ने उद्देश्यले शनिबार पारेर साहित्य लेख्ने र सुनाउने गर्नथाल्यौँ, हाम्रो यो अभियानमा विद्यार्थीसमेत सामेल हुनथाले । यो भाषा बचाउ अभियान विस्तारै निरङ्कुशताविरोधी विचार सम्प्रेषणको थलोसमेत बन्दै गयो । कार्कीजी ३४।३५ सालतिर कानुन सङ्कायमा जानुभयो र म काठमाडौँ सरेर आएँ । त्यो अभियान आज संस्थागतरूपमा साहित्य सन्ध्या बनेर नेपाली साहित्यको इतिहासमा गरिमामय संस्थाको रूपमा विकास भएको पाउँदा मलाई अत्यन्त गौरवबोध भइरहेको छ । त्यही राजविराजको वातावरणले उहाँलाई कवि बनाएको छ । उहाँको अन्तस्करणमा सुषुप्त रहेको कविचेतनालाई भूकम्प र नाकाबन्दीको पीडाले जगाइदिएको र स्वाभिमान उजागर गर्ने कार्य भएकाले उहाँको साहित्यिक यात्रा सुरु भएको हो । उहाँ राम्रा कथा पनि लेख्नुहुन्छ र छिटै प्रकाशन पनि होला । मानिसले भोगेको पीडाले पनि साहित्यसिर्जना गराउँछ र त्यसतर्फ प्रेरित गर्दछ । मान्छेको जीवन सरल रेखामा बित्दैन, लाग्ने रोगसँग लड्ने उपाय उपचारका साथै इच्छाशक्ति पनि हो । सक्रियताले उत्प्रेरणा प्रदान गर्दछ, ऊर्जा प्रदान गर्दछ । कवितासङ्ग्रका बारेमा डा.नेत्र एटमले बोलिसक्नुभएको छ । आन्दोलन, भूकम्पका पीडा, नाकाबन्दीको पीडा कवितामा आएका छन् । यी कविताले समसामयिक सन्दर्भलाई टिपेका छन् । आजको यो विशेष समारोहमा लोकार्पित कवितासङ्ग्रह प्रकाशन गर्ने र परिचर्चासमेत गर्ने आयोजक साहित्य सन्ध्यालाई इतिहासको जब्बर स्थानसम्म पुर्याउने, अभियान हाँकिरहने साथीहरूले महत्त्वपूर्ण योगदान गर्नुभएको छ । यो योगदान ऐतिहासिक, स्तुत्य र सराहनीय रहेको छ । विश्वासिलो जनमतका साथ बनेको अहिलेको सरकारले मुलुकको समृद्धिमा योगदान देओस् । हामी स्रष्टाले पनि शान्ति र समृद्धिका पक्षमा आफ्नो भूमिका निर्वाह गर्दै वस्तुपरकरूपमा आलोचक भएर सिर्जनारत रहनुपर्दछ, क्रियाशील रहनुपर्दछ । आजको यो गरिमामय समारोहमा उपस्थित भएर यत्ति कुरा राख्नपाउँदा आपूmलाई गौरवबोध भएको छ भन्नुभयो ।

गोष्ठीमा बालकवि प्रलिसा अधिकारी, कणाद महर्षि, भारती न्यौपाने, बालाकृष्ण अधिकारी, विजया बस्नेत, ओमप्रसाद कोइराला, अशोक कार्की, कात्यायन, रश्मि रिमाल, ऋषिराम अर्याल, तारा गाउँले, रामचन्द्र दाहाल, चूडा निर्भीक, मुकुन्द न्यौपाने, अभ्यस्त यात्री र डा.विदुर चालिसेले आआफ्ना अत्यन्त समसामयिक कविता, गीत, गजल, वाचन गर्नुभएको थियो ।

गोष्ठीका अध्यक्ष गोपाल मैनालीले साहित्य सन्ध्यामा हरेक महिना एउटा न एउटा विषयमा गम्भीर बहस गर्ने र कविगोष्ठी गर्ने प्रचलन रहेको छ । आज भने हामीले राजविराजमा भाषा बचाउ अभियानमा संलग्न स्रष्टाको कवितासङ्ग्रह ‘महाँभूकम्पको संविधानयात्रा’ लोकार्पण तथा परिचर्चा एवम् शुभकामना कविगोष्ठी गर्ने निर्णय गर्यौँ । हामी स्रष्टाको काम भनेकै खबरदारी गर्ने हो, आज लोकार्पित कवितासङ्ग्रहका कविताले पनि खबरदारी गर्ने कार्य गरेका छन्, विकृति र विसङ्गतिका प्रति आक्रोश व्यक्त गरेका छन् । यो कृति प्रकाशन गर्ने र आजको परिचर्चासम्म पनि आयोजना गर्ने अवसर यही अभियानसँग जोडिनुभएका स्रष्टा भएकाले हामीलाई दिनुभयो । माननीय कुलपतिज्यू आइदिनुभयो, समीक्षक आइदिनुभयो, यहाँहरू सबै आजको नववष्किो वशेष दिनमा पनि आइदिनुभयो । सबै सबैलाई हार्दिक धन्यवाद छ भन्नुभयो ।

Please follow and like us:


Do you like our contents? Please spread the word :)