सोमवार, पुस ३, २०७४ 18 December 2017

विवशताको बोली

          |   प्रकाशित मितिः शुक्रबार, माघ १९, २०६९     ::: 2903 पटक पढिएको   |  
     –विनोद तिम्सिना
 
विछ्यौनाको काखमा लुटपुटिदै सानु भन्दै थिई –“जीन्दगीका हरेक चाहाना आँशुमा बदल्दैछन् , जीन्दगी एक तृष्णा बनेर नै रहयो, हर चाहानाका पछाडी अधुरा कहानी आज कागजमा सिमित बन्दैछन् ।” सानो पुन्टे छेउमा टुलुटुलु नियाल्दै थियो । उसका अन्जान आँखाले खोई के नियाल्दै थिए, उसले इशारा गर्दै थियो निलो आकाश तीर । आकाश खुल्ला थियो, एका छेउमा कालो बादले छेक्दै थियो । लाग्यो अबोध बालकले भविष्यको इशारा गर्दैछ ।
 
समय सँगै हाड जोर्नी खिईंदै जाँदै थिए । एक दिन सानुले भन्दै थिई–“बाबा ! छिमेकमा बिहे निस्केको छ रे, शहरबाट पाहुना आउँदैछन् रे, हाम्रो पनि विवाह गरेको सात वर्ष भई सकेछ, त्यही बिहेको एउटा रातो साडी छ । कति लगाउनु जहाँ जाँदा पनि । फेरी पुरानो पनि भई सक्यो । एउटा लिन पाए हुन्थ्यो । सबैजना गाउँका सँगीहरु सिंगारीएर आउँछन् । कानमा लगाउने सुन पनि छैन । नजाउँ भने पनि नहुने कतैबाट मिलाउनु पर्यो यसपाल चाहिं ।” पुन्टे छेउमै थियो । चाउरीन लागेका मेरा गाला मुसार्दै थियो । एक्कासी औंला तेर्सायो बालकुनीको बारमा एउटा कागले विष्ट्याएर भुर्र उड्यो ।
 
जीन्दगी एउटा खाली कागज रहेछ जसमा लेख्दै जाँदा के–के लेखिने हुन् त्यो त विवशता नै रहेछ । सानो तिनो जागीर भए पनि समाजमा प्रतिष्ठा भने थियो तर बद्लदो परिस्थिती सँगका आवश्यकताले त्यो प्रतिष्ठा नगुम्ला भन्न म नसक्ने अवस्थामा थिएं अनि त्यसलाई छोप्न पनि ।
 
एक दिन सानु भान्सामा भाँडामा च्याँख्ला भर्दै थिई अनि आफैं गुन्गुनाउन्दै थिई– “खोई कस्तो जीन्दगी न त राम्रो खान नै पाउनु छ अनि राम्रो लगाउन नै । बुढालाई कति भनि सकें दुनियाँका छोरा विदेश गएर कमाएका छन् । यसो गएर पैसा कमाए पनि हुने नि । कतिन्जेल यस्तो अभावको जिन्दगी जिउने ? सबै साथी सँगीका बुढा राम्रो कमाउँछन् , उनीहरुको जिन्दगी अनि मेरो । खुई म त थाकी सकें के गर्ने नगर्ने ? भोली पल्लो गाउँमा ब्रतबन्धमा बोलाएका छन् कसरी जानु न त आफ्नो लुगा राम्रो छ न त पुन्टेको । खोई नजाउँहोला । फेरी कसरी नजानु, के बाहाना बनाउनु ?”
 
दिउँसो दाइने आँखा फुर्यो । कमजोर भएको महसुस गर्योहोला आँखाले सम्झदैं घर पुगें । खोई कता बाट सानुका मामा आएछन् । मसिनो चामल घरमा थिएन म घर पुग्दा सानुले तल्लो घरबाट सापट मागेर ल्याइछ । पहिल्यैबाट सानुले भनेकी थिई मेरा सानुमामा हाम्रो घरमा आउँदा बाबा खसीको मासु ल्याउनु है, मामालाई सारै मन पर्छ । सानुले इहारा गरी । म अन्जान बन्न सिवाय अरु केही उपाय थिएन । दिउँसो मात्र अघिल्लो महिना पुन्टेलाई जाडोमा लगाउने कपडा किन्न लिएको कर्जा बुझाउने म्याद पाएर आएको थिएं । सानु ठसक्क पर्दै थिई, उसकै अनुहार लुकी लुकी नियाल्नुको विकल्प रोजिन मैंले । जिाडो मौसम, एउटा पालतो सिरक, सानु, पुन्टे अनि म चलेकै थियो । मामालाई आफ्ना सिरक विस्तारा मिलाएर र्मैले बाहिर पिंढीमा हाम्रो लागि विस्तारा लगाएं । अत्यान्तै जाडो थियो । पुन्टे बोल्न त सक्दैन थियो तर उसले जाडो भएको त बारम्बार सु–सु गरेर जनाउँदै थियो । न्यानो पार्ने कोशिश त गरें तर त्यो सम्भव थिएन । उता सानु बोलेकी थिइन । उसले धेरै बेर सम्म त भनिन तर उसलाई पनि उकुस मुकुस भएछ अनि भनि “बाबा आफ्ना चाहाना त पुरा भएनन् भएनन् जाबो मैंले भनेको कुरा आज मामा आउँदा पनि पुरा भएन है ?” बिना शब्दको थिएं म केही भन्न सकिन । सानुको स्वर खस्किएको थियो । सुँक्क–सुँक्क गर्दै थिई खोई के भयो मलाई पनि अनायासै आँखा रसाएछन् । आफुलाई दरो मनको मान्छे जस्तो लाग्थ्यो तर मैंले थाम्न सकिन ।
 
पुन्टे आँगनमा खेल्दै थियो । च्याप्प मेरो हात समायो र सिधा अगाडी हेर्यो । एउटा कालो बिरालो ले स्वाट्ट बाट काट्यो । म बाहिर जानु थियो पुन्टेलाई सानु तीर पठाएर म हिडें । दिनभर सोचमा नै डुबें । जहाँ जानु पर्ने थियो त्यो ठाउँमा म जान सकिन । खुल्ला आकाश थियो । घाम मजाले लागेकै थिए । म चौरमा बसेको थिएं । खाई दिनभर कसरी बित्यो थाहै भएन । साँझ परेछ । यसो सोचें आज घरमा खाने केही थिएन । पुन्लेलाई जाउलो बनाउन मुगको दाल ल्याउनु है सानुले हिड्ने बेलामा भनेकी थिई । दिनभर सिगरेटको प्यासले गोजीमा सुको रहेनछ । म सरासर घर तीर लागें । पुन्टे सुतीसकेछ । मैंले आँट गरिन पुन्टेले खाएर सुत्यो भन्न किनकी मलाई थाहा थियो, पुन्टे बुझ्ने त थिएन तर साँझमा मेरो हातबाटै खाना खान्थ्यो ।म ढिला थिएं । खान मलाई नि मन थिएन अनि सानुले पनि भनि– “बाबा आज खान मन छइन म त सुते है ।” त्यो विवशता नै थियो किनकी घरमा च्याँख्ला पनि थिएन त्यो दिन । म पनि बिछ्यौनामा गएं । सानुले भनि– “बाबा कतै राम्रो ठाउँ बुझ्नु भएन विदेशको लागि ? आज त खान मन थिएन कतै भोली त खान मन लाग्छ कि ?”
Please follow and like us:


Do you like our contents? Please spread the word :)