शनिबार, मंसिर ९, २०७४ 25 November 2017

यसवेला धेरै मानिसहरु मनोसामाजिक समस्याको शिकार भएका छन्

          |   प्रकाशित मितिः बिहिबार, भदौ १०, २०७२     ::: 975 पटक पढिएको   |  

संक्षिप्त परिचयः

नामः  ध्रुवराज थापा (मनोसामाजिक विमर्शकर्र्ता)
जन्म मितिः २०२३

image

जन्म स्थानः पनौति ४, टौखाल, काभ्रे ।
माता पिताको नामः सानुमैया थापा/कृष्ण बहादुर थापा
शैक्षिक योग्यताः एम.ए. (भूगोल), बि.एड.
कार्यरत स्थान र पदः पद्म कन्या उ.मा.वि., डिल्लीबजार, काठमाडौं ।
प्रकाशित कृति तथा ग्रन्थः विभिन्न पत्रपत्रिकामा समसामयिक लेख्र प्रकाशन
सम्पर्क मोबाइलः ९८४१३४२९७२/ ९८१८२४२७९३
इमेलः  dhrubaraj70@gmail.com

अहिलेको भुकम्पिय बिपत् पछिको अवस्थालाइ कसरि हेर्नु भएको छ?

यस पुस्ताले कहिल्यै अनुभव नगरेको यो शक्तिशाली भूकम्पले जनमानसमा एक प्रकारको त्रास सिर्जना गरेकोछ । अझ लगातारको पराकम्पनले सवैको मनमा अब के हुने हो ? कतिखेर मरीने हो भन्ने डर धेरैको मनमा पसेकोछ । यसवेला धेरै मानिसहरु मनोसामाजिक समस्याको शिकार भएका छन् ।

कुनैपनि ठुलो प्राकृतिक बिपद् पछिको सामाजिक, मानसिक अवस्था निकै समस्याग्रस्त हुन्छ भनिन्छ नि ?

हो निश्चय पनि ठूलो प्रकृतिक विपद् पछि मानीसहरुमा मनोसामाजिक समस्याले जरो गाड्दछ । विपद्को समयमा धेरै मानिसहरु मर्ने, घर भत्कने, धरतलको स्वरुपमा परिवर्तन हुने अर्थात ठूलो धनजनको क्षतिहुन जान्छ, जुन कारणले मानिसको मन मस्तिष्कमा धक्का दिन्छ र मानिस विचलित बन्दछ ।

यस्तो विपद् पछि के कस्ता सामाजिक मानसिक समस्याहरू देखिन्छन ?

विपद् पछि हुने धनजनको क्षति, भूमिको क्षति आदि कारणले मानिसको मन डराईरहेको हुन्छ, यस अबस्थामा उ आफूलाई असुरक्षित महशुष गर्दछ उसको मनमा एक किसिमको अतंकले बास गर्दछ । मनो सामाजिक समस्यामा परेको मानिसमा छटपटी वढ्ने, रिंगटा लाग्ने, वाकवाक लाग्ने, हात खुट्टा गल्ने, रक्तचाप र सुगर बढ्ने, खान मननलाग्ने, हतासीने जस्ता लक्षणहरु देखापर्दछ ।

विशेष गरेर वयस्कलाइ भन्दा वालवालिका र वृद्ध वृद्धामा यस्ता मानसिक समस्याहरू वढि देखिन्छ र यो निकै घातक हुन्छ भनिन्छ नि ? किन होला ?

निश्चय पनि वृद्ध र बालबालिका शारीरिक र मानसिक रुपले बयस्क भन्दा कमजोर हुन्छन् । जो कमजोर हुन्छ त्यो बढी डराउने स्वभाविक नै हो । त्यसैले विपद पछि मनोसामाजिक समस्या वृद्ध र बालबालिकामा वढी देखिन्छ । तर त्यसो भन्दैमा बयस्कहरु चाँही नडराउने होईन, उनहिरु पनि निकै डराएको पाईन्छ त्यसैले उनीहरुलाई पनि मनोसामाजिक समस्या पर्दछ । समस्या ग्रस्त व्यक्तिहरुले  समयमानै मनोसामाजिक परामर्श नपाएमा समाजमा आत्महत्या बढ्ने, मानसीक रोगी बढ्ने, हृदयघात हुने जस्ता समस्या वढी देखापर्दछ । शक्तिशालि भूकम्प पछि मैले पनि अपर्झट मानिसहरु मरेको, आत्महत्या गरेको सुनेकोछु भने, मानसीक रोगीहरु पनि वढेको देखेको छु । त्यसैले यस्तो समस्या घातक त हुने नै भयो नी ।

अव यस्ता समस्याहरूबाट पार पाउन वा मानसिक स्वास्थ्य सवल बनाउन के गर्नु पर्ला ?

अहिले भूकम्पबाट मानिसमा जुन मनोसामाजिक समस्या परेकोछ त्यसवाट छुटकारा पाउन यो प्रकृतिक विपत्तिलाई सहज रुपमा स्विकार्न सक्नुपर्दछ । विपद्को समयमा अनेक किसिमका हल्ला चल्ने र चलाईने गर्दछ त्यसैले हल्लाको पछि दौडनु हुंदैन । आधिकारीक सूचनाको मात्र विस्वास गर्नुपर्दछ जस्तैः यस्तो समयमा सरकारी संचार माध्यमको मात्र विस्वास गर्ने । विनाआधारको गफ आपूmले पनि नगर्ने । आफ्नो परिवारका सदस्य सवै एकै ठाँउमा संगै बस्ने । आफ्नो कुरा भन्ने अरुको कुरा सुन्ने । ध्यान, प्रणायम, भजन गर्ने । कुनै काममा आफूलाई व्यस्त राख्ने । एक्लै नबस्ने, रेडियो सुन्ने । कसैसंग नरिसाउने, रिसराग नराख्ने । बालबालिकाहरुलाई खेलमा लगाउने, गालीगलौज र कुटपीट नगर्ने । एक अर्कालाई सकेको सहयोग गर्ने ।

वृद्ध अवस्थाका व्यक्तिहरूप्रति यो समयमा उनिहरूको परिवार र समाजको कस्तो दायित्व रहन्छ जसले गर्दा यस्ता मानसिक समस्याहरू निराकरण होस् ?

विपद्को समयमा वृद्ध अवस्थाका व्यक्तिहरूलाई परिवार र समाजले सान्तवना दिने, खानपानमा ध्यान दिने, धार्मिक कृयाकलापमा व्यस्त गराउने, ध्यान प्राणायममा सरिक गराउने । उनीहरु प्रति झर्काेफर्को नगर्ने, उनीहरुको कुरा ध्यान दिएर सुनिदीने । उनीहरुलाई सामाजिक मनोपरामर्श दिने । तर कतिपय वृद्धवृद्धा आफूभन्दा जुनीएरले भनेकोकुरामा त्यति विश्वास गर्ने अवस्था रहन्छ । त्यसैले आवश्यक परेमा मनोचिकित्सकलाई सिफारिस गर्ने गर्नुपर्छ ।

विद्यालय जाने वालवालिकाहरूको मानसिक त्रास कम गर्न अभिभावक, समाज, शिक्षक र विद्यालयको के कस्तो भुमिका हुन जरूरी देख्नुहुन्छ ?

विद्यालय जाने बालबालिकहरुको मानसिक त्रास कम गर्न अभिभावकले आफ्ना छोराछोरीहरुलाई मायालु वातावरण दिने, तिमिहरु पूर्ण रुपमा सुरक्षित छौ भनेर ढाडस दिने । तिमिहरुको साथमा हामी छौं भनेर विश्वास दिलाउने । यस्तो वखतमा डराउने होइन चनाखो (सचेत) रहनु पर्छ भनी सिकाउने । पानी पर्याप्त पिलाउने । उनीहरुलाई खेलमा भुलाउने, घरमा लेखपढमा बढी दबाव नदिने । एक्लो नराख्ने, परिबारसंगै राख्ने । त्यस्तैगरी शिक्षकले मायालु बातावरणमा विद्यार्थी सामु प्रस्तुत हुने । विपद्पछि विद्यालय खुल्ने वित्तिकै पाठ पढाउन सुरु गर्ने, गृहकार्य दिने, हप्काई दप्काई गर्ने, कुटपिट गर्ने, शिक्षकले भूकम्पको डर देखाउने, आफैं पनि डराउने, नकारत्मक र निराशाजनक कुरा गर्ने जस्ता कार्य कदापी गर्न हुदैन । यस्तो अवस्थामा शिक्षकले अवस्था हेरी तीनदेखि सातदिन सम्म औपचारिक पठन पाठन सुरु नगरीकन उनीहरुलाई मनोसामाजिक परामर्श दिनु पर्दछ । यस अन्तर्गत उनीहरुका कुरा सुन्ने, अनुभव आदान प्रदान गर्न लगाउने, भुकम्प के हो ? किन र कसरी आउँछ ? यसबाट कसरी बच्ने ? यसका असरहरु के के हुन्छन् ? आदि कुराको वस्तविक जानकारी गराउनुपर्छ । भुकम्म सम्वन्धि निराधार हल्लाको विश्वास गर्नुहुदैन भनेर सिकाउनुपर्छ । त्यस्तै विभिन्न खेल खेलाउने, हसाँउने, नचाउने, ध्यान गराउने, चित्र बनाउन लगाउने, हस्तकला बनाउन लगाउने, गीत गाउन लगाउने, कविता लेख्न र भन्न लगाउने, विद्यार्थीहरुलाई व्यक्तिगत सरसफाई, पोषण, सुरक्षात्मक उपाय, सामाजिकरणको वारेमा जानकारी  गराउने । चेतनामुलक डकुमेन्ट्रि र कार्टुन प्रदर्शन गर्ने (विद्यार्थीको उमेर र रुचि अनुसार उपयुक्त क्रियाकलाप गराउने) । मोटीभेसनल भिडियोहरु देखाउने । जटिल समस्या देखिएका विद्यार्थी पहिचान गरी मनोसामाजिक परामर्शको लागी सिफरिस गर्ने । यसरी उनीहरुलाई मनोरन्जनमा भुलाएर विस्तारै पढाईको लागि तयारी बनाउनु पर्दछ । विद्यालयले पनि आवश्यक वातावरण उपलब्ध गराईदिने, शिक्षकहरुका लागि मनोसामाजिक परामर्शको ब्यवस्था मिलाउने । अतिरिक्त क्रियाकलापको (सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगिता आदि)को आयोजना गर्ने प्रवन्ध मिलाउनु पर्दछ ।

जो प्रत्यक्ष रूपमा भुकम्पको शिकार भएका छन्, या चोटपटक लागेको छ, लामो समय भग्नावशेषमा पुरिएर उद्धार गरिएका छन्, उनिहरूको मानसिक त्रास वा समस्या त निकै विकराल हुन्छ होला ? यस्तो अवस्थामा कसरि उनिहरूको जीवन सामान्य बनाउन सकिन्छ ?

भुकम्पको प्रत्यक्ष शिकार भएकाहरुलाई सर्वप्रथम राहत र पुनस्र्थापनाको ब्यवस्था गर्नुपर्दछ । घाईलेलाई निःशुल्क उपचारको ब्यवस्था गर्नुपर्दछ । उनीहरुलाई सान्तवना, साहनभूति दिनुपर्दछ । राज्यले सुरक्षित पुनर्वासको प्रवन्ध मिलाउनु पर्दछ । उनीहरुको गाँसबासको ब्यवस्था मिलाउनु पर्दछ । उनीहरुलाई मनोसामाजिक परामर्श दिनु पर्दछ, त्यतिले नपुगेमा मनोसामाजिक चिकित्सककोमा सिफारिस गर्नुपर्दछ ।

बैशाख १२, १३ र २९ गतेका भुकम्प पछि पनि लामो समय सम्म ससाना धक्काहरू महशुस गरिरहेको अवस्था छ । यस्ता धक्काहरूले लामो समयसम्मै मानसिक समस्या निम्त्याउन पनि सक्लान् नि त ? यसमा के गर्न सकिन्छ ?

सवैले बुझ्नुपर्ने कुरा के हो भने ठूलो भुकम्प गएपछि त्यो भन्दा सानो सानो पराकम्पनहरु (धक्का) केहि समयसम्म गइनै रहन्छ यसबाट आतंकित हुनुहुदैन । यस्ता धक्काहरुबाट डराउनु हुदैन सचेत हुनुपर्दछ । यसलाई स्वभाविक रुपमा नलिएसम्म हामीलाई त्राश भैरहन्छ । त्यसैले भुकम्पलाई नकारत्मक रुपमा होईन यो प्राकृतिक प्रकृया हो भनी सकारत्मक रुपमा लिनु पर्दछ । जापानमा सन् २०११ म गएको महाभुकम्पको पराकम्पन अहिले सम्म गईरहेको छ । त्यसैले हामी सधै भुकम्पदेखि त्रशित भएर ब्यवहार चल्दैन । त्यसैले यस समस्याबाट बच्न हामीले आफूलाई काममा व्यस्त बनाउने, प्रशस्त पानी पिउने, लामोलामो श्वास लिने, ध्यान प्रणायम गर्ने, हल्लाको पछि नलाग्ने, एक्लो नवस्ने, भुकम्प प्रति सकारात्मक हुने जस्ता उपाय अपनाउनु पर्दछ । जटिल समस्या देखिएमा मनोसामाजिक चिकिल्सकसंग परामर्शको लागि तुरुन्त सम्पर्क गर्नु पर्दछ ।

अन्त्यमा, यस्ता विपदमा हुने मानसिक त्रास हटाउन अबको समयमा कस्तो पुर्वतयारी र विपद पछिको खतरा न्यूनिकरणका केहि उपाय होलान् कि ?

विपद्मा हामीलाई बचाउने हाम्रो सरकार छ भन्ने पूर्ण विश्वास जनतालाई दिलाउने भरपर्दो बाताबरण तयार गर्नुपर्दछ । हलैको भुकम्पको बेलामा जसरी देशमा सरकारै नभएको अनुभूति भयो, समयमा उद्धार नभएर हजारैंले ज्यान गुमाए, त्यसले पनि जनता बढी त्रसित भएको हुन् । त्यसैगरी विपदको बारेमा पूर्ण शिक्षा (यथार्थ शिक्षा) दिनु पर्यो । विपद कुनैपनि बेला आउन सक्छ त्यसका लागि तयार हुनुपर्छ भनेर मानसिक रुपले तयार पार्नुपर्यो । विपद्को समयमा डराउने, आत्तिने होईन धैर्यले काम लिनुपर्दछ भन्ने सिकाउनु पर्यो । विपद्बाट कसरी बच्न सकिन्छ सिकाउनु पर्यो । यस्तो समयमा फैलिने हल्लाको पछि नलाग्न सचेत गराउनु पर्यो ।

Please follow and like us:


Do you like our contents? Please spread the word :)