आइतवार, असार ११, २०७४ 25 June 2017

कविता

बेमौसमी फूल, समय र अकविता

March 2, 2015 // 0 Comments

– राम प्रसाईं भनिरहेछ, हुजुमकाना “सन्थाल” हुनुले सन्थालजस्तै सपना फलोस्। माओको रेडबुक पढ्दा-पढ्दै ग्यास्ट्राइटिसको ‘मुदिर’ भएको कमरेड विप्लव अलि – अलि अभिवादनमा उठेका हातहरुसंग टाउको निहुंराउदै छ र भनिरहेछ “तुक्काशास्त्रको विद्यार्थी मुक्ताकाशमा सपनाको जोहो गर्दैछ सहिद, गद्दार, वफादार सप्पै-सप्पैका सपनामा रङ्ग पोतिरहन्छ।“ जहाजहरुले यात्रीका लगेज होल्ड [...]

इच्छामृत्यु

February 23, 2015 // 0 Comments

– जयराम तिमल्सिना सरकार म मर्न चाहन्छु मलाई इच्छामृत्युको अधिकार देउ । पहिले खुँडा खुकुरी बोकी हिड्थे धनुकाँड चलाउँथे आफ्नो सुरक्षा आफै गर्थे तिमी आयौं र भन्यौं नबोक खुडा खुकुरी तिम्रो धनुकाँड मलाई देउ बदलामा म तिमीलाई जीवन दिन्छु स्वतन्त्रता र सुरक्षा दिन्छु तिमी बाँच अनन्तसम्म तर सरकार म हरेक दिन मरेर बाँचिरहेछु हरेक क्षण मलाई मारिरहेछन् बाँच्न सकिरहेको छैन म पूर्ण [...]

सुक्ष्म संबेदना

August 2, 2013 // 1 Comment

– आचार्य प्रभा मेरो सुक्ष्म संबेदनाको कोखबाट जन्मिएका सन्तानहरू, जब म नियाँलेर पढ्छु लाग्छ, कँही कतै स्तरिय शब्दरुपी पोषणको अभावले लाटा,लठेब्रा पो भएका हुन् की? ????????????? घोरिएर सोंच्न सिवाय म के नै गर्न सक्छु र ? हो, मेरो कम्जोर मनस्थितीको पाठेघरमा केवल कुपोषणको राश छ अनि, म कसरी स्वस्थ्य र पोषणयुक्त सन्तान जन्माउँन सक्षम बन्छु ? यसर्थ………., कुपोषोणरहित सन्तानको जन्म दिन आमा [...]

बिपना उर्फ श्रीमती – बिप्र

March 17, 2013 // 0 Comments

                                                                         -बिप्र बोकेर नसकेको एक बिटो सुकेको खर जस्तो सपना आज त लगिसकेछ – कोहि कसैले कतै ! र पो रहेछ – भोलिपल्ट – घरको बुइकलभरिको पानीको आहाल पन्छाउन मेरी श्रीमतीले व्यायाम गर्नु परेको ! र पो रहेछ – भोलिपल्ट – घरको बुइकलभरिको पानीको आहाल पन्छाउन मेरी श्रीमतीले व्यायाम गर्नु परेको ! र पो रहेछ – मैले सपनामा देखेजस्तै मुठाका मुठा [...]

तारा खसेको समय -(रामप्रसाद प्रसाईं)

March 7, 2013 // 0 Comments

खस्दै गरेका ताराहरु आम सडक रोइरहेको समय विम्वमा युगले युगान्तकारी शुन्यता घोषणा गरिरहँदा जन्मदै गरेका बिहानीहरुमाथि टारबारीका पालुवाहरुको फल्ने फुल्ने प्रतिलिपि अधिकार हडप्दै गेट्स समयका घनचक्रमा हुर्कदै गरेका रोर्बटका मान्छेहरु खुशियाली मनाइरहँदाछन् युग खसेर मझेरी रक्ताम्मे भएको बेला बहुराष्ट्रिय चाउचाउ कम्पनीहरु आतसबाजी गरिरहँदाछन् ऊ झर्यो त आकाश खस्यो भन्दै तर [...]

तस्वीर वरीपरी

February 15, 2013 // 0 Comments

– बिप्र अन्जानमै काटिएछ जिन्दगीका अँध्यारा पाटाहरु । श्रीमान दा भिन्चीको मोनालिसाको अद्भुत मुस्कानले भन्दा तिम्रो तस्वीरको उज्यालोपनले सारा उपग्रहहरु – झिलिमिली छन् | आफ्नै दैनिकीको रंगमंचमा दृश्यहरुको आलापसंगै तिमी त एउटा दर्शकको अँगालोमा यसरी बाँधीइसकिछौ की अब – तिम्रो बिछोड मैले आँखा चिम्लनुको अस्थायी – परिकल्पना मात्र हो | अब अर्थहरुको एकाकार गर अनि यो बुझ – [...]

प्रेमदिवस, मैना सुनार र रातो धर्ती

February 15, 2013 // 0 Comments

     – राम प्रसाद प्रसार्इं भैँसी चढेर ठुला भएकाहरुले भैँसीमा महिषासुरैमात्र देखिरहेसि यसपालिको प्रेमदिवसमा मैना सुनारलाई रातो कलम दिन मन लागेको छ मलाई लोभ लालच बोकाएर निम्तोमाथि निम्तो थोपर्ने काठ्माण्डौले जवानी र जुझारूपना चुसेर खोस्टा जिन्दगी गामबस्ती फिर्ता गरेसि यसपालिको प्रेमदिवसमा मैना सुनारलाई रातो पासपोर्ट दिन मन लागेको छ मलाई हिलोमा फुलेको कमलमा कमलाको [...]

मेरो डेड सी भ्रमण

February 10, 2013 // 0 Comments

– भगवती बस्नेत आल्हादित हुदै यात्रारत यात्रीहरु पानीले निथुर्क्क भिजेका बाटाहरु सडकपेटी चिहाइ रहेका जैतुनका बोटहरु घुम्ती, मोड सुरुंग हिउँका डिस्काहरु जेरुसेलेमको   बेथलहेम शहर छिचोल्दै कतै रेगिस्तानको मरुभुमि हिडिरहेका उँट र खच्चडहरु स्वच्छन्द उडिरहेक चराहरु सब्बातमा निर्जन सुनसान सडक निरन्तर अघि बढिरहेको यात्रा !! इजरायल,जोर्डनको सिमा छुटाएरदक्षिण बगेको लेबनानी [...]

उज्यालोतिर – राम प्रसाद प्रसाईं

November 16, 2012 // 0 Comments

अलिकति चेत लिएर हिंड्नु छ नजलेका बत्तीहरु जलाउनु छ नहिंडिएका बाटाहरु हिंड्दा कसैले छाडा बनाउँछ, तर निरन्तरता छ— मनभरि उज्यालो लिएर हिंडेपछि दायांबायांतिर जूनकिरि नउडे पनि सहयात्राका ल्याम्पपोस्ट नबले पनि सहअस्तित्वका स्वरहरु नघन्किए पनि यात्रा न हो चाँडो या ढिलो गन्तव्य निश्चित छ— निश्चित छ गन्तव्य एक मुठी भुताहा घरहरुमा आगो झोस्नु छ संसारै ढाक्ने झुपडीहरुमा उज्यालो [...]

सबै नेपाली भाइ हौं

October 1, 2012 // 0 Comments

                     –मुक्तिनाथ शर्मा मानिन्छ देश नेपाल छ यो स्वर्ग समानको यस्को अस्तित्व उच्चा छ सुरम्य प्रकृति छ जो अग्ला हिमचुली देखि पहाड र मधेशको भू–बनोट भएकाले बस्ती उच्च स्वदेशको ।। चीसो हावा यहिं चल्छ गर्मीको स्वाद केही छ जीव जन्तु घना जङ्गल् जमीन अनुसार छ यसै कारणले गर्दा यसको सान उच्च छ सन्सार मान्छ यो देश साच्चैं स्वर्ग समान छ  ।। यो ऋषिमुनिको देश बुद्धको जन्मभूमि हो [...]
1 2