आइतवार, भदौ ८, २०७६ 25 August 2019

पूर्व उपकुलपति दीक्षितको निधनमा शोकसभा

August 20, 2019 // 0 Comments

२०७६ भदौ १ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति, आजीवन सदस्य एवम् मूर्धन्य साहित्य साधक मदनमणि दीक्षितको निधनमा प्रज्ञा–प्रतिष्ठानमा शोकसभाको आयोजना गरियो । प्रज्ञा–प्रतिष्ठानद्वारा देवकोटा सभाकक्षमा आयोजित शोकसभामा बोल्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले पूर्वीय दर्शन र वैदिक वाङ्मयका विशिष्ट साधक दीक्षितले प्रज्ञा–प्रतिष्ठानमा उपकुलपति हुँदा [...]

साहित्य सन्ध्या सम्मान तथा पुरस्कार विभिन्न पाँच महानुभावहरूलाई

August 8, 2019 // 0 Comments

रमेश पोखरेल, काठमाडौं साहित्य सन्ध्याले २०४३ सालदेखि हरेक वर्ष नेपाली प्रगतिवादी साहित्यमा योगदान गर्ने विशिष्ट साधकलाई अर्पण गर्दै आएको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’, विगत छ वर्षदेखि अर्पण गर्दै आएको ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’, विगत तीन वर्षदेखि अर्पण गर्दै आएको ‘साहित्य सन्ध्या–कृबा पुरस्कार तथा सम्मान’, यसै वर्षदेखि प्रदान गरिने ‘साहित्य [...]

अविरल जनसाहित्य यात्राको ५९ औँ संस्करणमा सुनिए कवि जसराज किराती

July 27, 2019 // 0 Comments

मैले देवकोटाको कविताको कविता लेखेको थिएँ । त्यस वेलाका अञ्चलाधिस ज्याउल हकले भने, ‘ए ! यस्तो व्यवस्थाविरोधी कविता किन लेखेको ? जेलमा कोचिदिऊँ ?’ मैले भनेँ ‘जेलमा कोच्ने भए उही महाकवि देबकोटालाई कोच । मैले त उनको कविताको कविता कोरेको हुँ ।’ त्यसपछि ती अञ्चलाधिस चुप लागे । मरिसकेका देवकोटालाई उनले कता जेलमा कोचुन् !’ अविरल जनसाहित्य यात्रा–५९ मा एकल कवितावाचन प्रारम्भ गर्दै [...]

साहित्य सन्ध्यामा ‘आधुनिक समाजले अवलम्बन गर्नुपर्ने धर्म, संस्कार र संस्कृति’ विषयक परिचर्चा तथा कविगोष्ठी सम्पन्न

July 20, 2019 // 0 Comments

रमेश पोखरेल, काठमाडौं साहित्य सन्ध्याको नियमित मासिक ३९८ औँ शृङ्खला साउन ४ गते शनिबार अपराह्न १ बजे आर आर कयाम्पसको सभाकक्षमा सम्पन्न भयो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष शृङ्खलाको सञ्चालन कोषाध्यक्ष गोपाल मैनालीले गर्नुभएको थियो । गोष्ठीमा वरिष्ठ साहित्यकार एवम् चिन्तक तथा देवकोटा–लुसुन साहित्य प्रतिष्ठानका अध्यक्ष निनु चापागाईँ [...]

आदिकवि भानुभक्तको २०६औँ जन्मजयन्ती सप्ताह मनाइँदै

July 11, 2019 // 0 Comments

आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्मजयन्तीका अवसरमा प्रज्ञा भवनको महाकवि देवकोटा सभा कक्षमा विचार गोष्ठीको आयोजना गरिएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठान, संस्कृति विभाग तथा बालसाहित्य र लोकवार्ता विभाग एवम् भानु प्रतिष्ठानद्वारा संयुक्तरूपमा कार्यक्रम आयोजना गरिएको हो। उक्त विचार गोष्ठीमा बोल्दै प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले आदिकवि भानुभक्तमा [...]

प्रज्ञामा योगदर्शन, जीवनशैली र स्वास्थ्यसम्बन्धी विमर्श

July 9, 2019 // 0 Comments

२०७६ असार २२ गते, काठमाडौँ । प्रज्ञा भवनमा नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा ‘योगदर्शन, जीनशैली र स्वास्थ्य’ विषयक विचार गोष्ठीको आयोजना गरियो । कार्यक्रमका प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले कार्यक्रमलाई सम्बोधन गर्दै सकेसम्म जीवनमा योगलाई सबैले अनुसरण गर्न सके लाभदायी हुने विचार व्यक्त गर्नुभयो । उहाँले योगलाई संस्कृतिसँग [...]

साहित्य सन्ध्यामा ‘समाजविकासमा ज्येष्ठ नागरिकको योगदान’ विषयक परिचर्चा तथा कविगोष्ठी सम्पन्न

June 23, 2019 // 0 Comments

साहित्य सन्ध्याको नियमित मासिक ३९७ औँ शृङ्खला असार ७ गते शनिबार अपराह्न १ बजे आर आर कयाम्पसको सभाकक्षमा सम्पन्न भयो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष शृङ्खलाको सञ्चालन उपाध्यक्ष रमेश पोखरेलले गर्नुभएको थियो । गोष्ठीमा वरिष्ठ हास्यव्यङ्ग्यकार एवम् ज्येष्ठ नागरिक सम्मान अभियानका अभियन्ता कृष्णमुरारी गौतम (चट्याङ मास्टर) प्रमुख अतिथि [...]

अविरल जनसाहित्य यात्रा–५७ मा प्रा.डा.सुधन पौडेलका एक दर्जन सशक्त कविता गुञ्जिए

May 25, 2019 // 0 Comments

रमेश पोखरेल, २०७६।२।१० जेठ १० गते शुक्रवार अपराह्न ठिक ३ बजे जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा जनसांस्कृतिक महासङ्घको सभाकक्ष, बागबजारमा विगत साढे चार वर्षभन्दा बढी समयदेखि अविच्छिन्नरूपमा सम्पन्न भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ५७औँ शृङ्खला भव्यरूपमा सम्पन्न गरियो । जनसाहित्यिक मञ्च, नेपालकी उपाध्यक्ष प्राज्ञ नर्मदेश्वरी [...]

साहित्य सन्ध्यामा ‘समृद्ध समाजनिर्माणमा प्रगतिशील साहित्यको भूमिका’ विषयक परिचर्चा तथा कविगोष्ठी सम्पन्न

May 18, 2019 // 0 Comments

रमेश पोखरेल, काठमाडौं साहित्य सन्ध्याको नियमित मासिक ३९५ औँ शृङ्खला जेठ ४ गते शनिबार अपराह्न १ बजे आर आर कयाम्पसको सभाकक्षमा सम्पन्न भयो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष शृङ्खलाको सञ्चालन सन्ध्याका कोषाध्यक्ष गोपाल मैनालीले गर्नुभएको थियो । गोष्ठीका अतिथिहरूमा प्रा.डा.कृष्णप्रसाद घिमिरे, साहित्यकार नर्मदेश्वरी सत्याल, साहित्यकार [...]

‘शान्ति स्मारिका’को लोकार्पण गर्दै शान्ति टोल सुधार समितिको नवौँ वार्षिक साधारणसभा सम्पन्न

April 27, 2019 // 0 Comments

वैशाख १४ गते शनिबार बिहान ११ बजे शान्ति टोल सुधार समितिको नवौँ वार्षिक साधारणसभा समितिकी अध्यक्ष क्ष्न्दु सापकोटाको अध्यक्षतामा र महासचिव सुनिता सिवाकोटीको सञ्चालनमा सम्पन्न भयो । आठाँैँ साधारसभाबाट पूरै महिलाको नतृत्वमा गठन भएको समितिको कार्यसमितिले सफलताका साथ आफ्नो कार्यकाल पूरा गरेको थियो । समितिका संस्थापक अध्यक्ष शिवप्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न सभामा [...]
1 2 3 48